प्रचण्डको अभिव्यक्ति प्रति राप्रपा अध्यक्ष कमल थापाको आपत्ति

40

(काठमाडौं) – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजतन्त्रले गुमाएको भुमि गणतन्त्रले फिर्ता ल्यायो भन्ने  प्रचण्डको भनाइ प्रतिआपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबूक मार्फत संघीय संसदमा संविधान संशोधनको दफाबारछलफलमा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति विकृत रअसन्तुलित भएको अध्यक्ष थापाले बताएका छन् ।

“राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो”भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता हो। १७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो”। थापा लेख्छन् “नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।”

अध्यक्ष थापा भन्छन् “सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ। ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो। आश्चर्य लाग्छ। प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु।”

समाचार वर्गहरू