प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

2
तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं – संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ।

सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।

त्यसअन्तर्गत् शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

शुक्रबारको बैठकमा वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू