प्रहरिकै मिलेमतोमा तस्करी, महिनावारी बुझेर अबैध रक्सी भट्टी सञ्चालन

31

पर्सा – पर्साको मिर्जापुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण साहको सक्रियतामा मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला गरिएको छ । असई साहले तस्करी गराई रहेको विषय डीटेल समेतको जानकारी प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे समक्ष बुधबार नै जानकारी भैसकेको समाचार प्राप्त भएको छ । सो जानकारी पाए पछि एसपि पाण्डेले एक टोलीलाई  मिर्जापुर चौकीको एरियामा निगरानीका लागी पठाइएको जानकारी प्राप्त भएको छ ।

बुधबार बाहिरको टोली छड्के आएकोले अवरुद्ध भएको र फेरि बिहीबार राति तस्करहरु गिटी पास गराउँदैछन भने सूचना पाए पछि बाहिरको टोली आई बिहान शुक्रबार २:४० सम्म खटेको थियो र त्यो टोली गई सके पश्चात असई साहले फेरी लाईन दिएर १२-१४ वटा गिटिको लोड ट्रेक्टर ३:३०मा पास गराएको थियो ।

असई साहले प्रती ट्रेक्टर गिटी १ हजार , प्रती भैसी १ हजार, प्रती रंगा ४ सय ,र डिजेल पेट्रोल तस्कर संग प्रती तस्कर २५ सयको दरले लिई यसको लाईन पनि दिने गरेको छन । यति मात्रै हैन असई साह मिर्जापुरमा अहिले ५ जना भट्टी साहु संग ४ -४ हजार रुपैया महिनाबारी बुझी ५ वटा घरेलु चुवाई रक्सी भट्टी सन्चालन गराइरहेका छन । असई साहको एरिया मिर्जापुरमा भट्टी सन्चालनमा रहेको र महिनाबारी बुझी सन्चालन गराएको कुरो पनि पर्साको उपरीक्षक सम्म पुगिसकेको सूचना प्राप्त हुन आएको छ ।

असई साहलाई पर्साको एसपिले तस्करी रोक्न निर्देशन दिए पनि नियमको अटेरी गरी कसको दम्भम गराउदै छन तस्करी । रौतहट घर भएका असई साहको जात ब्यादर र नाता रिश्तापर्ने मन्त्री प्रभु साहको नाम भजाउदै धाक देखाउदै उनी तस्करी खुल्ला गरेका छन । यति मात्रै हैन उनी तस्कर संग कुरा गर्दै आफू मन्त्री साहको मान्छे हो र उनकै पावर लगाएर यहा आएको र मेरो कसैले केहीपनि गर्न नसक्ने बताउछन । ती असईले नै राति गस्ती गरेर गिटिको ट्रेक्टर पास गाराउने गरेको स्वयं त्याहाका एक तस्करले दावी गरेका छन् ।

मिर्जापुर चौकीका इन्चार्ज साहको यस्तै रवैयाका करण चौकीको कुनै पनि प्रहरी संग राम्रो तालमेल नरहेको त्याहाका एक जना प्रहरी जवानले नाम नराखने सर्तमा बताएको थियो । जनताको शान्ति सुरक्षामा खट्ने प्रहरी नै तस्करीहरुसँग सेटिङ गरेर ‘कमाउ धन्दा’मा लागेको देखेर स्थानीय वाक्क भएका छन् भने यसले प्रहरीको प्रतिष्ठामा समेत कालो धब्बा लगाउने काम भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे आएको दिन देखि नै शान्ति सुरक्षा देखि लिएर चोरी तस्करीको सँजाल तोड्न लागेका थिए । सबै मातहतको यूनिटलाई अवैध गतिविधि नियन्त्रण गर्ने निर्देशन दिएपनी मिर्जापुर चौकीका इन्चार्ज साहले आदेशको उल्लङ्घन गर्दै तस्करी गराउन सफल भएका छन । प्रहरी उपरीक्षक पाण्डेको आदेशलाइ धज्जी उडाउने यस्ता गैर जिम्मेवार व्यक्तिहरुले गर्दा पूरै प्रहरी सङ्गठन नै बदनाम हुँदै आएको छ ।जस माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ । एसपि पाण्डेले यस्ता भ्रष्ट कर्मचारीलाई कार्वाही गर्लान कि गर्दैनन् त्यो त हेर्न बाँकी छ  ।

समाचार वर्गहरू