काठमाडौं – नेपाल नागरिक उड्ययन प्राधिकरणले माउन्टेन फ्लाइट (हिमाली उडान) मा रोक लगाउने निर्णय गरेको छ ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना पछि बुधबार सूचना जारी गर्दै क्यानले उद्धार उडानलगायत हेलिकप्टर सञ्चालनका लागि अनुमति जारी गर्ने तर मनसुन अवधिमा माइन्टेन फ्लाइट (हिमाली उडान) मा रोक लगाउने निर्णय गरेको हो ।
कम्पनीमा शेयर भएका उडान चालक दलले सबै प्रकारका व्यावसायिक उडानहरूको लागि इजाजतपत्रको विशेषाधिकार प्रयोग गर्न नपाउने पनि क्यानले अर्को महत्वपुर्ण निर्णय गरेको छ ।
सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित पाँच यात्रुको मृत्यु भएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।