बालेनको विवादित अभिव्यक्तिबारे विश्वप्रकाशले भने, रास्वपाको धारणा के हो ?

6

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आइतबार संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे उनको दल रास्वपाको धारणा माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले ‘नेपालले भारतको सीमा मिचेको’ अभिव्यक्ति दिएका थिए ।

त्यस विषयमा सामाजिक सञ्जालमा लेख्दै पूर्व सांसद समेत रहेका प्रमुख प्रतिपक्षी दलका उपसभापति समेत रहेका शर्माले प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्ने बताए ।

‘देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,’ शर्माले लेखेका छन्, ‘सरकार बालेनको मत प्रधान कि ? व्यक्ति बालेनको मत मुख्य ? रास्वपाको धारणा के हो ? सीमा मिचेका हौँ कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौं ?’

प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि विपक्षी दलहरुले त्यसबारे आलोचना गरिरहेका छन् । कतिपयले बालेनको राजीनामा मागेका छन् भने कतिपयले सार्वजनिक रुपमा क्षमा माग्नुपर्ने समेत अडान राखेका छन् ।

समाचार वर्गहरू