बुटवल-नारायणगढ सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

80

काठमाडौं – निरन्तरको बर्षाले आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी मधु नेपालले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका हुन् ।

केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध छ ।

पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवलतर्फ जान र काठमाडौँबाट पश्चिमतर्फ जाने सवारी साधनलाई पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको नै बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनलाई समेत बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा तय गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

केही दिन यतादेखि भइरहेको निरन्तर वर्षाले विनयी खोलाको डाइभर्सन पटक पटक बगाउँदा बुटवल दाउन्ने सडक खण्ड अवरुद्ध छ ।

समाचार वर्गहरू