तानसेन – तानसेन नगरपालिका-२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिर भत्किएको छ।
काजी अमरनारायण सिंह थापाले नेपाल अंग्रेज युद्धको समयमा विस १८६३ सालमा निर्माण गरेको मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य भागको छानासहितको भाग भत्किएको हो।
बुधवार दिउसो करीव दुई बजेको समयमा पहिले पूर्वतर्फको भाग भत्किएको लगत्तै दक्षिण तर्फको भाग भत्किएको हो। मन्दिरको पूर्व दक्षिण भाग भत्किएर पछी कुरुप देखिएको छ।
करीव ६ वर्ष अघी तानसेन नगरपालिका र पुरातत्व विभागको सहयोगमा मन्दिरको जिर्णाद्धार गरी गजुरमा सुन लेपन गरिएको थियो। मन्दिरमा पुरातत्व महत्वका बहुमुल्य काठका टुडालहरु रहेका छन।
मन्दिरको छानो भत्किएर पछी अहिले सर्वसाधारणहरु लाई मन्दिर प्रवेशमा रोक लगाईएको छ। मन्दिरको पश्चिम र उत्तर तर्फको छानो पनि भत्किने अवस्थामा पुगेको छ। मन्दिरमा सर्वसाधारण व्यक्ति तथा पुजारी नभएको अवस्थामा छानो भत्किदा मानविय क्षती भने भएको छैन।