चितवन – भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित तीन जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्त्री तथा प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका अन्य एकजना चिकित्सकमा पनि संक्रमण भेटिएको छ ।
भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण भेटिएको थियो । अस्पतालका चिकित्सकहरुमा पनि शनिबार नै संक्रमण पुष्टि भएको हो ।
उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।
अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो ।