भारतका लागि नेपाली राजदूत शर्माको म्याद १५ दिन थपियो

47

काठमाडौँ — सरकारले भारतका लागि नेपालका राजदूत शंकर शर्माको म्याद १५ दिनको लागि थपेको छ । केपी ओली नेतृत्वको सरकारले शर्मालाई थप १५ दिनको लागि भारतमै बसेर काम गर्ने जिम्मेवारी प्रदान गरेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबार शर्माको म्याद सकिएको थियो । र, बुधबारदेखि लागू हुने गरी १५ दिनको लागि म्याद थपिएको हो । सरकार परिवर्तन भएपछि फिर्ता बोलाउने निर्णय गरेको भारतका राजदूत शर्मालाई थप १५ दिनको म्याद थपिएको हो ।

दिल्लीस्थित दूतावास स्रोतका अनुसार राजदूत शर्माले फिर्ता हुन पाएको निर्देशनसँगै झोला, गुन्टा सबै काठमाडौं पठाउन तयार पारिसकेका थिए । तर काठमाडौंबाट पाएको नयाँ सूचनासँगै उनी रोकिएका छन् ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको पुष्पकमल दाहाल सरकारले जेठ २५ मा भारतसहित अन्य मुलुक नौ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोहीअनुसार अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यलगायत नेपाल फर्किइसकेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू