भारतीय राजदूत मन्जिभसिंह पुरीको बिदाई भेट

18

(काठमाडाैं) – नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेताहरुसँग भेट गरेका छन् ।

राजदूत पुरी प्रधानमन्त्रीलाई भेट्न काठमाडौंको बालुवाटारस्थित निवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको भन्दै पछिल्लो समय सीमा समस्या समाधानका लागि भारतले औपचारिक रुपमा पत्र पठाउनुमा राजदूत पुरीको भूमिका रहेको बताए ।

बिदाइ भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई करुवा उपहार दिएका थिए । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको ३ वर्षे कार्यकाल सकिएको छ ।

उनी केही दिनपछि नै स्वदेश फर्कने कार्यक्रम छ । राजदूत पुरीलाई आज बिहानै कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा लन्चका लागि बोलाएका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू