बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

3

काठमाडौं – धरानबाट घोरेटार जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। धरानबाट भोजपुर जाँदै गरेको १४ जना यात्रु भएको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आए लगत्तै स्थानीयहरूसँग समन्वय गरी  प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताए। मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन।

घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए। स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू