(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई घूस सहित पक्राउ गरेको छ । सेवाग्राहीसँग दुई हजार घूस लिँदालिँदै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको छ ।
कुइँकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत उक्त रकम घूस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।