सर्वाेच्चले खारेज गरिदियो शेरबहादुर देउवा पक्षको रिट, गगन थापा आधिकारीक सभापति (आदेशसहित)

77

काठमाडौं – नेपाली कांग्रेसको विवादमा सर्वाेच्च अदालतले गगन थापा पक्षलाई मान्यता दिएको छ।

विधानअनुसार नै विशेष महाधिवेशन भएको ठहर गर्दै सर्वाेच्चले देउवा पक्षले दिएको रिट खारेज गरेको हो। न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले  निर्वाचन आयोगको निर्णयलाई समेत सदर गरेको हो ।

निवेदन जिकिरको औचित्य समाप्त भएकाले रिट खारेजको फैसला भएको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।

यो फैसलासँगै विशेष अधिबेशनबाट गगन थापाको नेतृत्वमा गठित नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिले आधिकारीक कानुनी वैधता प्राप्त गरेको छ ।

 

 

 

 

 

समाचार वर्गहरू