मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

22

(सप्तरी) – सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ ।

दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू