काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिकार अपहरण भएको बताएका छन्। मंगलबार सम्पादकसँगको छलफलमा सभामुख सापकोटाले यस्तो बताएका हुन्।
उनले राष्ट्रपतिबाट कार्यक्षेत्र अतिक्रमण भएको र अदालतको निर्णय उलंघन हुँदा संसद्को अधिकार अपहरण भएको बताएका हुन् ।
लोकतन्त्रको विकल्प नभएको भन्दै उनले संविधानको मूल्य मान्यताको आधारमा सबै चल्नुपर्नेमा जोड दिए। राष्ट्रपति र प्रधानमन्त्रीका निर्णयले संविधान अतिक्रमित भएको उनको भनाइ छ।
प्रतिनिधिसभा विघटनपछि २७५ सांसदको अधिकार सभामुखमा निहित हुन गएको भन्दै उनले जनताका समस्या समाधारका लागि गम्भीर बन्नुपर्ने समय आएको बताए।
आफ्नो भूमिकामाथि प्रश्न उठेको भन्दै सापकोटाले तटस्थता राष्ट्रिय हितमा केन्द्रित हुने बताए। परिस्थिति अनुसार राष्ट्रिय विषयमा धारणा सार्वजनिक गर्दा तटस्थ हुनुपर्छ भन्ने आवाज उठेको उनले बताए।