रास्वपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने

6

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा गठबन्धन नगरी एकल उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन २ मा  उपसभापति अर्याल, तनहुँ १ मा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र बारा २ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिएको हो ।

बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमा समेत छलफल भएको उपसभापति अर्यालले जानकारी दिए । रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू