कबराजन पटेल/रौतहट – रौतहटको गरुडामा आइतबार २ घण्टासम्म स्थानियले चक्काजाम गरेका छन् । रौतहट जिल्लाको मध्यभाग गरुडा नगरपालिकाको कार्यालय लामो समयसम्म भाडामा सञ्चालन भइरहेकाले नगरपालिकाको कार्यालय निर्माणमा नगरपालिकाले चासो नदेखाएको बताउदै नगरपालिका अगाडी बिभिन्न पाटी लगायत स्थानिय नागरिकसहित वडा नम्बर २ र ५ का वडा अध्यक्ष सहितको टोलीले चक्काजाम गरेका हुन् ।
रौतहट जिल्लाको मध्यभाग गरुडा नगरपालिकाको भवन निर्माणका लागी २०७२ सालमा गाबिसको गरुडा बैरियाको बजारको पुर्वपटि पर्ने १७ कठा जग्गा भएको ठाउँमा सोएल टेस्ट समेत सम्पन्न भइसकेको अबस्थामा भवन निर्माणमा भने नगरपालिको चासो नदेखाएको उनीहरुको गुनासो रहेको छ ।
आन्दोलन कारीले बिभिन्न ३ वटा माग राखि आन्दोलन गरेका थिए । मागहरु तत्काल नगरपालिकाले सोएल टेस्ट भएको जग्गामा नगरपालिकाको भवन बनाउनु पर्ने ,दुई वटा कार्य बाहक वडाअध्यक्षलाई बहाल गर्न ,गत आर्थिक बर्षको आयब्यय सावर्जनिक गर्न माग गरेको नेकपा एमाले रौतहट सहसचीव नेता मोहम्मद कलिमुल्लाहले जानकारी दिए।
गरुडा नगरपालिका–२ र गरुडा नगरपालिका–७ को वडा अध्यक्षको निधन हुँदा त्यस वडाका वडाबासिलाई कुनै काम गर्दा निकै नै कठिनाई झेल्नु परेको उक्त वडाका सेवाग्राही दुखेसो पोखेका छन । त्यसलाई सहज बनाउन वडाबाट सर्वसहमति भई वडा नं२ बाट सलेन्द्र कुमार यादब र सोहि नगरपालिकाको वडा नं ७ बाट सुन्दर पटेल लाई सर्वसहमतबाट चयन गरि कार्य बाहक बनााएर नगरपालिकामा पठाउदा हाकिमले तोक लगाउदा पनि गरुडा नगरपालिकाका नगर प्रमुख ईन्नु राय यादबले त्यसलाई रोक लगाएको नेकपा एमाले रौतहटका सहसचिव कलिमुल्लाहले आरोप लगाएका थिए ।
त्यसैगरि गरुडा नगरपालिकाको वडा नम्बर २ र ५ मा भएका विभिन्न गतिविधिहरुको तत्काल समाधानको मगसहित आइतबार २ घण्टा चक्काजाम गरेको उहाले बताउनु भयो ।यो आन्दोलन भन्दा अघि पनि तिन दिन समम गरुडा नगरपालिकाको अगाडी धर्ना राखेको थियो ।त्यसबाट कुनै सुनुवाई नहुँदा बाध्य भएर चक्का जाम गर्न परेको आन्दोलनकारीहरुले बताएका छन । आन्दोलकर्ताको माग पुरा नहुन्जेल सम्म चक्का जामको समय अबधि हरेक दिन २ घण्टा बढाउदै लाने कलिमुल्लाह बताएका छन ।