काठमाडौं – जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन् ।
बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
तुलाधारलाई अदालतबाटै नियन्त्रणमा लिइएको ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए । तुलाधरको नाममा ललिता निवासको दुई रोपनी सरकारी जग्गा गएको देखिएको उनले बताए ।
प्रहरीका अनुसार शरणार्थी प्रकरणबारे अनुसन्धान सुरु भएलगत्तै उनी भारत भागेका थिए । नेपाल छिरेको थाहा भएपछि प्रहरीले उनलाई सानो भर्याङबाट नियन्त्रणमा लिएर अदालत पेश गरेको थियो ।