संसदभित्र हात हालहाल, सत्ता पक्ष र प्रतिपक्ष भिडे

49

काठमाडौँ । संसद बैठकभित्र सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच घम्साघम्सी भएको छ । घम्साघम्सीकै बीच पनि सभामुख डोलप्रसाद अर्यालले बैठक चलाइरहे ।

प्रतिपक्षी सांसदहरुले प्रक्रिया पूरा नगरिकन प्रस्तावहरु अघि बढाइएको भन्दै नाराबाजी गरेर वेल घेरेका थिए । केहीबेर मर्यादापालक र प्रतिपक्षी सांसदहरुबीच धकेलाधकेल भयो । पछि सत्तापक्षका सांसदहरु नै प्रतिवादमा उत्रिए ।

सत्ता र प्रतिपक्षका सांसदहरुबीच हातहालाहालसमेत भएका थियो । केही सांसद टेबुल र कुर्सीमा चढेका थिए । तनावपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

समाचार वर्गहरू