सरकार कुहिरो भित्रको काग झैं अलमलिएको छ – नेपाल बिद्यार्थी संघ

19

काठमाण्डौं – नेपाल बिद्यार्थी संघले देशमा शान्ति सुरक्षा र अमन चैन कायम राख्न तथा कोरोना महामारीका कारण हरेक क्षेत्र प्रभावित भएको र यसलाई न्यूनिकरण गर्न सरकारले अझ वढी सक्रियता देखाउनु पर्नेमा सरकार कुहिरो भित्रको काग झैं अलमलिएको देख्दा नेपाली जनता मा निराशा छाएको बताएको छ। हत्या, हिंसा र वलत्कारका घटना निरन्तर वढी रहॅदा, सिमा अतिक्रमणको समाचार हरु आई रहॅदा र समग्र शिक्षा क्षेत्र अस्त ब्यस्त भई रहॅदा पनि सरकार मूक दर्शक भएर वसी रहनु आश्चर्यजनक र बघोर आपत्तिजनक भएको अध्यक्ष राजीब ढुंगानाले आज द्वारा जारी बिज्ञप्तिमा जनाएका छन ।

नेबिसंघले डा. गोविन्द केसी ले उठाएका चिकित्सा शिक्षा सर्वसुलभ बनाउने तथा जनतालाई सहज र सुलभ स्वास्थ्योपचारको सुबिधा दिलाउने लगायतका मागहरूप्रति पुर्ण ऐक्यबध्दता प्रकट गर्दै वहॉले नेपाली जनताको पक्षमा उठाएका ६ बुॅदे माग तुरुन्त पूरा गर्न र वहॉको जीवन रक्षामा गम्भीर बन्न सरकारसंग माग गर्नुको साथै बझाङकी १२ बर्षिय सम्झना बि।क।को बलात्कार पछि हत्या गरिएको जघन्य अपराधमा संलग्नलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न माग गरेको नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

महामन्त्री तिमल्सिनाका अनुसार हुम्ला जिल्लाको नेपाल चीन सिमाको १२ नं स्तम्भ नजिक ललुङजोङ क्षेत्रमा नेपाली भुमि मिचेर चीनले संरचना बनाएको स्थानीयहरु को दावी हुदहदै ११ नं सिमा स्तभ नै हराएको र देशको सिमा जस्तो विषयमा सरकार संवेदनशील हुनिको अलावा हलुका ढंगको प्रस्तुती आपत्ति जनक भएको बताएका छन। नेपाली भुमि माथिको अतिक्रमण कुनैपनि हालतमा स्वीकार्य नहुने भन्दै सिमाको यकिन गर्न यथासिघ्र प्राविधिक टोली खटाइ सत्य तथ्य बाहिर ल्याउन महामन्त्री तिमल्सिना सरकारसँग जोडदार माग गरेका छन।

चीनका लागि नेपाली राजदुतले कुटनीतिक मर्यादा विपरित अशोभनीय र गैरजिम्मेवार ढंगले दिएको अभिब्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सासहितको पाठ्यपुस्तक सार्वजनिक गर्न रोक लगाइनु आपत्तिजनक रहेको र तत्काल बिक्री वितरण खुल्ला गर्न पनि नेबिसंघले जोडदार माग गरेको उनले बताए।

महामंत्री तिमल्सिनाले ११ कक्षा भर्नाको समयमा निजी शैक्षिक संस्थाहरूले मनलाग्दी शुल्क लिएको ब्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारवाही गर्न सरकारसंग जोडदार माग गरेका छन।

त्यस्तै पिसिआर चेकजाचको मापदण्ड अब्यवहारिक भएकाले ज्याला मजदुरी गर्ने, विपन्न तथा डेरा भाडामा बस्नेहरुलाई असहज भएकोले तुरुन्त परिमार्जन गरि पिसिआर जाँचका लागि सर्वसाधारण रातभरी कुरेर बस्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्न पनि संघका अध्यक्ष राजीब ढुंगाना ले माग गरेका छन।

समाचार वर्गहरू