सुन प्रकरणमा पक्राउ परेका महरा सीआईबीमा

3

काठमाडौं – सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ । 

यती एयरलाइन्सको जहाजबाट सोमबार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइएको हो। उनलाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा राखिएको छ। उनको बयान लिने तयरी गरीएको छ ।

उनी ६० किलो सुन तस्करी प्रकरणमा रूपन्देहीबाट पक्राउ परेका थिए । उनी माओवादी निकट वकिलको घरमा बसेको बेला पक्राउ परेको बताइएको छ । 

उनी कपिलवस्तुको अमरगढवा नाका  हुँदै भारत भाग्ने  योजनामा रहेको गोप्य सुचना प्राप्त भएपछी पक्राउ गरेको प्रहरी स्रोतको भनाइ छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू