हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

68

काठमाडौं – काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ।

टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ।

चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ । भाटभटेनीको मूर्ति पनि टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।

जात्रामा टुँडालदेवी, भाटभटेनी, नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ ।

किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएकी थिइन्। त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविदको भनाइ छ।

समाचार वर्गहरू