(ललितपुर) – ललितपुरबाट प्रहरीले हात्तीको दाह्रा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१ का ३७ वर्षीय ताराकान्त चौधरी छन् ।
१ थान हात्तीको दाह्रासहित चौधरीलाई लगननखेल बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।