हामी राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका हौं – राप्रपा सांसद राणा

10

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणाले राजासहितको प्रजातन्त्र स्थापित गर्न आफूहरू आएको बताएका छन्। उनले बुधबार संसदमा बोल्दै नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएको बताएका हुन्।

बुधबार संसदमा बोल्दै सांसद राणाले भने ‘हामी नेपाली जनताको मनमा भिजेका छौं। हामी नेपालमा फेरि सनातन हिन्दू राष्ट्र कायम गर्नका लागि आएका छौं। हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं। र, त्यो कुरा संविधानले रोक्दैन। हामीले यो कुरा बोल्न पाउनुपर्छ। त्यो समय आएपछि कार्यान्वयन गर्छौं,’।

उनले संविधानभित्रै बसेर मूल्य र मान्यता परिवर्तन गर्ने बताए। ‘यसको मतलब यो होइन कि हामी व्यवस्थालाई मान्दैनौं। संविधानलाई मान्दैनौं। नमान्ने भए हामी जंगल जान्थेम, बन्दुक उठाउँथेम, यही व्यवस्था र यही संविधानभित्र बसेर मूल्य र मान्यतालाई परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भोट दिएर पठाएका छन्। हामीलाई हेप्ने र होच्यउने काम यो सदनमा आइन्दा नहोस्,’ उनले भने।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू