हिउँदे अधिवेशनको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

22

काठमाडौं – संघीय संसदको हिउँदे अधिवेशनका रणनीति तय गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सभामुख र उपसभामुख चयन, सरकारका काम कारबाही लगायतका विषयमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

सरकारले संसदमा दर्ता गरेका विधेयकका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

संघीय संसदको हिउँदे अधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदैछ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू