हेलम्बुका बस्ति-बस्तिमा औषधि सहित स्वास्थ्यकर्मीको टोली परिचालन

8

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गाउँपालिकका विभिन्न बस्तिहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

बुधबारबाट गाउँपालिकाले मौसमी रुघाखोकी लगायतका आवश्यक औषधि सहितको स्वास्थ्यकर्मीको टोली गाउँबस्तिहरुमा परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार बुधबार हेलम्बु गाउँपालिकाको वडा नम्बर २ को भिरखर्क र चुरेटार क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

अध्यक्ष शेर्पाले अनुसार स्वास्थ्यमा समस्या, केही जिज्ञासा तथा सुझावहरु भए स्वास्थ्यकर्मीको टोली समक्ष राख्न पनि गाउँबासीहरुमा सामाजिक सञ्जाल मार्फत अनुरोध गरेका छन् ।

अध्यक्ष शेर्पाका अनुसार बिहिबार वडा नम्बर ५ को खरबुजे लगायतका गाउँहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन हुनेछ । यो अभियान आवश्यकता रहुन्जेल सम्म निरन्तर रहने छ ।

निषेधाज्ञामा सबैले गरेको सहयोगको प्रसंसा गर्दै अध्यक्ष शेर्पाले सुरक्षित भएर आ-आफ्नै घरमा बस्न पनि सबैमा आग्रह गरेका छन् ।

आफु कोरोनासंक्रमणबाट मुक्त नभइसकेकोले गाउँबस्तीमा जान नसेकेकोमा अध्यक्ष शेर्पाले सम्पुर्ण हेलम्बुबासी सामु दुःख व्यक्त गरेका छन् ।

No description available.

समाचार वर्गहरू