हेल्पिङ ह्यान्ड्सअस्पतालमा डाक्टरको लापरबाहीको कारण बिरामीको मृत्यु, अस्पताल तनावग्रस्त

6

काठमाडौं – काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भइ हाल काठमाडौं – ६ बौद्ध तिनचुली बस्दै आएका २७ बर्षिय विश्व तामाङको उपचारको क्रममा मृत्युु भएको हो ।

घाँटिमा सामान्य टन्सिल भएको कारण मंगलबार बेलुका उक्त अस्पतालमा भर्ना भएका तामाङको उपचारका क्रममा रातिनै मृत्युु भएको पारिवारिक स्रोतले बताएको छ ।

उनलाई टन्सिलको समस्या देखिए पनि छातिमा इन्फेक्सन भएकोले एन्टिबायोटिक चलाइएको अस्पतालका बरिस्ठ छाती रोग बिसेसज्ञ डा.सन्त कुमार दासले बताए । उनका अनुसार एन्टिबायोटिकको एलर्जी देखिएपछि उनलाई ” हिस्टानिल” नामको औसधि चलाउँदा उनको मृत्यु भएको हो ।

अस्पतालका लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अहिले अस्पताल परिसरमा घेराउ गरिरहेका छन् । उपचारमा संलग्न डाक्टरलाई कारबाहीको माग गर्दै उचित क्षतिपूर्ति नभएसम्म लास नबुझ्ने उनीहरुको भनाइ छ ।

 

समाचार वर्गहरू