१२ दिनपछी मेलम्चीको पानी काठमाडौँ पठाइयो

1

काठमाडौं – मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि भन्दै बन्द गरिएको आयोजनाको समान्य मर्मतसम्भारपछी सुचारु गरिएको हो ।

हेलम्बु गाउँपालिका–१ तेम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले दिएको जानकारी अनुसार अहिले सामान्य मर्मत गरेर सञ्चालन गरिएतापनी बर्षामा भने बन्द रहने छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू