काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्ति खारेज हुने भएको छ ।
यसबारे नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक नै हुने भएकोले अब हुने नियुक्ति पनि राजनीतिक नै हुने जिकिर गरेका छन् ।
उनले भने–कार्यपालिकाले आफ्नो नीति कार्यान्वयन गर्न अनुकूल व्यक्ति खोज्नु अस्वाभाविक भन्न मिल्दैन । त्यसैले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयॅालाई सुधारको नाम दिने क्षणिक राजनीति नगरौँ । उनी भन्छन्, रास्वपा भित्र पनि पूर्व काग्रेस, एमाले,माओवादी,राप्रपा लगायतका कैयन नेता र कार्यकर्ता छन्।
अरू दलका पालामा भएका नियुक्तिलाई दलीय आरोपमा सामूहिक रूपमा अस्वीकार गरिन्छ भने आफ्नो पार्टी भित्रका दलीयहरूको भविष्य के हुने हो रु सरकारले ल्याएको नीतिको समर्थन गर्न पाइन्छ। यसको अर्थ अरूलाई निन्दा, अरू जति सबै अयोग्य रु यहाँ निर्दलीय कोही छैन, रास्वपा पनि दल नै हो। चालिसेले थप भनेका छन्म, त दिनु र कार्यकर्ता हुनु फरक कुरा हो।
व्यक्ति एक,नाता अनेक हुन्छ ।कसैको छोरा अर्काको ज्वाइँ हुन सक्छ, त्यही व्यक्ति कसैको भान्जा हुन सक्छ । सबै ठाउँमा उसले आफ्नो भूमिका निभाएकै हुन्छ । समाजमा विचार र सोच नभएको मान्छे हुँदै हुँदैन । कसैले आस्था र विचार राखेकै आधारमा योग्यलाई पनि अयोग्य घोषणा गर्ने र यो स्तरमा घृणा र निन्दा गर्ने संस्कृतिले यो समाजलाई कहाँ पुर्याऊछ ?