कांग्रेस नीति प्रतिष्ठानका ७ विषयगत उपसमितिमा संयोजक चयन (सूची सहित)

65

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७ विषयगत उपसमिति संयोजक चयन गरेको छ। सभापति गगनकुमार थापाको उपपिस्थतिमा बसेको बैठकले उपसमिति संयोजक तोकेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताएका छन।

संयोजकहरूले उपसमितिको प्रारम्भिक अवधारणा र कार्ययोजना आगामी चौथो बैठकमा पेश गर्ने उनले बताएका छन् । सभापति थापाले पार्टीको भावी नीतिगत दिशाबारे आफ्नो धारणा राख्नुका साथै प्रतिष्ठानका सदस्यहरूलाई आवश्यक मार्गदर्शन प्रदान गरेका थिए। बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहिता सम्बन्धी प्रस्ताव पेश गरेका थिए।

कुन उपसमितिको जिम्मा कसलाई ?

१) अर्थ योजना : पार्टीको नीति, दृष्टि र योजना उपसमिति — प्रा. डा गोविन्दराज पोख्रेल

(निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत समग्र वित्तीय क्षेत्र)

२) जलवायु परिवर्तन सचेतना उपसमिति – रोशनी गिरी
(हाम्रा हिमालहरूमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र वातावरण संरक्षण अभियानसम्म)

३) नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति – मीनबहादुर भाम
(जेनजी अघिको जेनजीदेखि पछिको ‘अल्फा’ र नागरिक समाजको प्रबुद्ध तहसम्म)

४) अनौपचारिक क्षेत्रका श्रमिक : नीति र न्याय सम्बन्धी उपसमिति – महेन्द्र यादव

५) बाल अधिकार उपसमिति – उमंग लोहनी
(बाल श्रमको मुद्दादेखि समग्र बालबालिकाको हित संरक्षण अभियानसम्म)

६) सार्वजनिक सेवा प्रवाह : नीति र थिती संवाद उपसमिति – गोपालप्रसाद पोख्रेल

७) गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमिति – अञ्जु झा

समाचार वर्गहरू