सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा आगजनी हुनुमा सेनाको ठूलो कमजोरी : आयोय

59

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी हुनुमा नेपाली सेनाको ठूलो कमजोरी रहेको प्रतिबेदन सार्वजनिक गरेको छ ।

जेनजी आन्दोलनबारे आयोगले गरेको अध्ययन प्रतिवेदनमा ती संरचना जोगाउन नसकेकोले अब राष्ट्रिय सम्पत्ति जोगाउने कर्तव्य ख्याल गर्न प्रधानसेनापति अशोक सिग्देललाई निर्देशन गरेको छ ।

‘भर्दौ २३ र २४ गतेको प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन समेतमा तोडफोड तथा आगजनी गरी देशैभर जुन प्रकारको मानवीय, भौतिक तथा आर्थिक क्षति भएको छ, सो हुनुमा नेपाली सेनाको समेत कमिजोरीहरू देखिएको, जन अपेक्षा अनुरुप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानव अधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको देखिँदा भविष्यमा यस्ता विषयमा गम्भीर भइ राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानव अधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाइ निर्देशन दिने’, आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ।

सिंहदरबारको सुरक्षाको लागि सिंहदरबारभित्र रहेको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाको तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले सरकारलाई ध्यानाकर्षण गरेको छ।

समाचार वर्गहरू