तीन मुलुकको नेपाली राजदूतावास र दुई मुलुकको महावाणिज्यदूतावास बन्द

58

काठमाडौं । सरकारले तीन वटा मुलुकमा रहेका नेपाली राजदूतावास र दुई मुलुकमा रहेका महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज उक्त जानकारी दिएका छन् ।

मन्त्री वाग्लेका अनुसार डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका दूतावास आगामी आर्थिक वर्षदेखि बन्द हुनेछन् । त्यस्तै अमेरिकाको सानफ्रान्सिस्कोस्थित महावाणिज्यदूतावास र चीनको छङ्तुमा रहेको महावाणिज्यदूतावास पनि बन्दको सूचीमा छन् । त्यस्तै भारतको विशाखापटनममा रहेको दूतावासको शाखा पनि खारेज गरिएको छ ।

समाचार वर्गहरू