धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

81

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्र बोकेर मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए।

सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ। श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए।

समाचार वर्गहरू