व्यापारीको गोदाममा भन्सार छलीको ५५ हजार मेट्रिकटन चिनी

1

काठमाडौँ । भारतबाट तस्करी भएर आउने चिनीलाई नेपालमा रहेका व्यवसायीहरुले आफ्नो गोदाममा स्टोर गरेको चिनी मंहगोमा बेच्न विभिन्न प्रपञ्च रचिदै आएको छ । विदेशी चिनीका कारण स्वदेशी चिनी उद्योग समस्यामा परेको भ्रामक सूचना फैलाएर नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवलको योजनामा भारतबाट नेपाल पठाउने चिनीमा रोकावट गरेपछि बजारमा चिनीको मुल्य बृद्धि गरिएको छ । केही निजी उद्योगीहरूको अबैध साँठगाँठमा नेपाली उद्योगको नामको स्टीकर टाँसी भारतबाट चोरी पैठारी गरि ल्याएको चिनी अहिले बजारमा बिक्री वितरण भई रहेको छ ।

खुला सिमानाबाट हुने निर्वाध तस्करी र सरकारी निकायले ध्यान नदिएकै कारण ५५ हजार मेट्रिकटन चिनी अवैध रूपमा चोरीपैठारी हुदै नेपाल भित्रने गरेको छ । उद्योगीहरूले नयाँ क्रसिङ सिजन (उखु पेल्ने समय) मा थोरै उखु लिने र केही दिन चिनी मिल चलाएर सरकारी कागजात तयार गर्नमात्र उद्योग स्थापना गरेको समेत आरोप लागेको छ । चोरीपैठारी गरि नेपाल भित्राएको ठूलोमात्राको चिनी गोदाममा थन्किएर बसेपछि सो चिनी बेच्ने उदेश्यका साथ अहिले भारतबाट नेपाल आयातमा रोक लगाएको छ ।

सो रोक लगाएको समाचार बाहिरी लगत्तै व्यापारीले प्रतिकिलो ३ रुपैयाँ मुल्य समेत बृद्धि गरि सकेका छन् । एकातर्फ अर्बौंको लगानी जोखिममा परेको भन्दै नेपाल चिनी उद्योग संघका अध्यक्ष अग्रवाल केही मिडियामार्फत प्रायोजीत अन्र्तवार्ता दिने र सरकारी निकायपनि अग्रवालकै योजना अनुसार कारबाही प्रकृया अगाडी बढाउदा अहिले उपभोक्ता भने मारमा परेका छन् । केही प्रायोजीत मिडिया र अनलाईनहरुमा संघका अध्यक्ष अग्रवालले सरकारको अस्थिर भन्सार नीति र खुला सिमानाबाट हुने तस्करीका कारण स्वदेशी चिनी उद्योग धराशायी भएको भ्रम सृजना गरेर चोरी पैठारी गरि गोदाममा थुपारिएको चिनी मंहगोमा बेच्न बजार पठाएको आरोप समेत लागेको छ ।

खुला सिमानाबाट हुने निर्वाध तस्करी र सरकारी निकायले ध्यान नदिएकै कारण ५५ हजार मेट्रिकटन चिनी अवैध रूपमा चोरीपैठारी हुदै नेपाल भित्रने गरेको छ । उद्योगीहरूले नयाँ क्रसिङ सिजन (उखु पेल्ने समय) मा थोरै उखु लिने र केही दिन चिनी मिल चलाएर सरकारी कागजात तयार गर्नमात्र उद्योग स्थापना गरेको समेत आरोप लागेको छ ।

गत वर्ष क्रसिङ सिजनमा नेपालमा १ लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको बताएपनि सो मध्य अधिकाशं चिनी चोरीपैठारीबाट नेपाल भित्राएको पाइएको छ । हाल नेपालमा १३ वटा चिनी उद्योग सञ्चालनमा रहेको बताइएको छ । ति उद्योगहरुले गत वर्ष क्रसिङ सिजन (२०८१/०८२) मा २ करोड १५ लाख ७२ हजार १४८ क्विन्टल उखु क्रसिङ गरी १८ लाख २५ हजार ३३२ क्विन्टल चिनी उत्पादन गरेको दाबी समेत संघले गरेको छ । तर संघले भने झै चिनीको माग भने उच्च रहेको छ ।

उता उद्योगीहरूले विगत १० वर्षदेखि किसानलाई भुक्तानी गर्नु पर्ने रकम अहिले सम्म गरेको छैन । नेपालको वार्षिक चिनी माग २ लाख ५० हजार टन रहेको बताइन्छ । नेपाल चिनी उद्योग संघमै आबद्ध रहेका व्यवसायीहरुले भारतबाट सेटिङ मिलाएर ठूलोमात्रामा चोरी पैठारी गरि चिनी नेपाल भित्राउने गरेका छन् । यस सम्बन्धमा पटकपटक संघका अध्यक्ष अग्रवाललाई सम्र्पक गर्दा उनले फोन रिसिभ गरेनन ।

यसरी संघकै अध्यक्षकै योजनामा अनाधिकृत रुपमा चिनी चोरी पैठारी गरि नेपाल भित्राई सकेपछि भने चोरी पैठारी रोक्न भन्दै सरकारसंग उनी नै माग गर्दै आएका छन् । प्रत्येक वर्ष चाडपर्व आउनुभन्दा अगाडी सरकारी कर्मचारी र व्यवसायीकै अबैध साँठगाँठमा चिनीको कृत्रिम अभाव समेत सृजना गरिदै आएको छ । र अहिले पनि सोही कार्य दोहो¥याएको आरोप सरकार र संघका अध्यक्ष अग्रवालमाथी लागेको छ ।

समाचार वर्गहरू