करीब २ महिनापछि खुलेको सेयर बजारमा सर्किट ब्रेक

24

(काठमाडौं) –  लकडाउनका कारण बन्द रहेको ४९ दिनपछि खुलेको शेयर बजार २ घण्टा नपुदै भएको छ । बजार खुलेदेखिनै निरन्तर घटेर नेप्से सूचक २ प्रतिशत भन्दा धेरैले घटेपनि बजार बन्द भएको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से २५ दशमलव ३ अंकले घटेर एक हजार २ सय २६ दशमलव १५ बिन्दुमा पुगेर बन्द भएको छ । नेप्सेले लकडाउन अवधिभर खुल्ने बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि शेयर बजार बन्द गर्ने निर्णय गरेको थियो ।

सोहि अनुसार बजार बन्द भएको हो । शेयर बजारमा ठूलो उतारचढाव आउन नदिन नेप्सेले नयाँ व्यवस्था गरेको हो । नेपाल स्टक एक्सचेञ्जले बैशाख ३० गतेदेखि दैनिक २ घण्टा शेयर बजार खोल्ने निर्णय गरेको थियो ।

सोहि अनुसार बिहान ११ बजे खुलेको शेयर बजारमा बिक्री चाप बढ्दा उकालो लागेको थियो । बजार खुलेको करीब डेढ घणटा अर्थात १२ बजेर २३ मिनेट जाँदा नेप्से सूचक २.०२ प्रतिशतले घटेको छ । प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्ण रूपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिनेछ ।

मंगलबार कारोबार भएको सबै कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ५७ दशमलव ७८ अंघले घटेको छ । यस्तै, निर्जीवनको ७२ दशमलव ३३, उत्पादनको ३४ दशमलव ४५, बैंक समूहको २६ दशमलव ११ र लघुवित्तको १८ दशमलव ५ अंकले घटेको छ ।

नेप्सेमा मंगलबार कुल ५७ कम्पनीका २ सय ९२ कारोबारबाट १० ६ हजार ४ सय १२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, दश करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाचार वर्गहरू