काठमाडौं – पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको सम्झनामा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।
सानेपास्थित प्रतिष्ठानको कार्यालयमा प्रतिष्ठान अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा तत्कालीन एमाले अध्यक्ष तथा मुलुकको पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीका सादगीपन, उच्च विचारबारे चर्चा गरिएको छ ।
कार्यक्रममा एमाले नेताहरु रघुजी पन्त, भानुभक्त ढकाल, केशव बराल, अमृत बोहोरा, लालबाबु पण्डित, बाबुराम थापा, पुरुषोत्तम आचार्यलगायत दर्जनौंको उपस्थिति छ ।
वाम लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता तथा एमालेका प्रथम अध्यक्ष अधिकारीको २७ औं स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।