भारतमा नेपाली विद्यार्थीमाथी भएको ज्यादती प्रती नेबिसंघको ध्यानाकर्षण

73

काठमाण्डौं – भारतको देहरादुनको भगवान्तपुर पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना नेपाली विद्यार्थी हरु माथि यही कार्तिक १० गते भएको निर्घात कुटपिटप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो घटनामा घाईते भएका विद्यार्थी साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण घाईते विद्यार्थी हरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग संघले जोडदार माग गरेको अध्यक्ष राजिब ढुङ्गाना ले बताएका छन ।

अहिलेको विश्वव्यापिकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु आधारभूत मानव अधिकारको विषय भएको र मानव अधिकारको यो आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्नेमा कुनै पनि व्यक्तिालई मानव अधिकारबाट बञ्चित गर्ने अधिकार कुनै पनि देशको सरकारलाई नभएकोले सो घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कडाभन्दाकडा कारवाही गर्नका लागि तदारुकताका साथ पहल गर्न नेपाल सरकार लाई र सो को लागि आवस्यक तत्परता गेखाउन भारत सरकारसँग नेपाल विद्यार्थी  माग गरेको संघका महामन्त्री बलदेव तिमल्सिना ले बताए ।

पीडित विद्यार्थी हरुलाई तत्काल उद्दार गर्न, देश भित्र होस वा देश बाहिर अध्ययन गरेर वसेका सम्पूर्ण नेपाली विद्यार्थीहरुको हकहितको पक्षमा सरकारको ध्यान नपुगेको भन्दै विद्यार्थीमाथि हुने कुनै प्रकारको अभद्र व्यवहार नेपाल विद्यार्थी संघ लाई सह्य नहुने महामन्त्री तिमल्सिनाले बताए ।

आफ्नो एवं देशको भविष्य सुनौलो बनाउने सपनाका साथ स्वदेश तथा विदेशमा अध्ययन गरिरहेका सम्पूर्ण विद्यार्थी साथीहरुको सबै किसिमको सुरक्षा प्रदान गर्न पनि तिमल्सिना ले सरकारसँग जोडदार माग गरेका छन।

त्यसैगरी बुधबार नेपाल बिद्यार्थी संघको नेता दिपक ओझालाइ बिनाकारण अत्तरिया,कैलाली बाट गिरफ्तार गरिएको घटना प्रति पनि खेद व्यक्त गरेको छ । बिनाकसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन मार्फत नेबिसंघका नेता हरुलाइ धरपक्कड,पक्राउ र यातना दिइनु नेकपा सरकारको अत्यन्त अमानवीय र निन्दनीय रबैया भएको भन्दै राजनैतिक प्रतिशोधका आधारमा संघका नेता हरुलाइ पक्राउ गर्ने,झुट्टा मुद्दा लगाउने र विद्यार्थी आन्दोलन लाई कमजोर बनाउने तथा बिभिन्न घटनामा नेपाल विद्यार्थी संघलाई लाञ्छित गर्ने, पार्टि नेताहरूलाई बदनाम गर्ने जस्ता सरकारको एक पछि अर्को पन्चायत कालिन मानसिकता र गतिविधिले संघलाई आक्रोशित बनाएको अध्यक्ष राजिब ढुङ्गाना ले बताए ।

अध्यक्ष ढुङ्गानाले भने,ूगत असोज १७ गते नै दिनको ३:३० बजे बुद्ध एयर को फ्लाइट बाट धनगढी गएको र निरन्तर संगठनको गतिविधिमा सहभागी भइरहेको अबस्थामा नेबिसंघ संकरदेव क्याम्पस का नेता दिपक ओझालाइ कैलाली बाट पक्राउ गरिनु राज्य आतंकको नमुना हो।

त्यसैगरी संघका महामन्त्री बलदेब तिमल्सिनाले नेता दिपक ओझा को तत्काल रिहाइको निम्ति माग गर्दै देशभर राज्यआतंक र प्रहरीको ज्यादति का विरुद्ध कडा संघर्षमा उत्रन पनि संघ का सबै तह र निकाय लाई आव्हान गरेका छन ।

समाचार वर्गहरू