कपिलवस्तुमा थप १८ जनामा कोरोना संक्रमण

24

कपिलवस्तु – जिल्ला अस्पतालका ३ जना चिकित्सक सहित कपिलवस्तुमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत सोमबार अस्पतालका ९१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ओपीडी, ल्याब, नर्सिङ र आकस्मिक कक्षका स्वास्थ्यकर्मी, काउन्टर र प्रशासन फाँटका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

६० जनाको रिपोर्ट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । १३ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा हालसम्म संक्रमितको संख्या ९ सय १ पुगेको छ ।

समाचार वर्गहरू