धरानमा काङ्ग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम सम्पन्न

19

धरान –“रक्तदान जिवनदान” भन्ने मुल नारा सहित देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरि नेपाली काङ्ग्रेस खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम धरानमा सम्पन्न भएको छ ।

उक्त रक्तदान तथा खेलाडी प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस खेलकुद विभाग प्रमुख बस्नेतले नेपाली काङ्ग्रेसका पार्टी सभापती शेरबहादुर देउवाले देशमा रगत अभाव हुँदै गर्दाको अवस्थामा देशमा भयावह अवस्था आउँछ यसलाई नेपाली काङ्ग्रेसले ख्याल गर्नुपर्दछ भनी दिएको  सल्लाह बमोजिम विभागले रक्तदान कार्यक्रम सन्चालन गरेको जानकारी दिएका थिए । सम्बोधनका क्रममा “कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन्, अवसर पाउन लाइन लागेका छन् । कम्युनिस्टहरू लाई भने जस्तो भएन भने काटमार गर्छन्। हामीले दिएको रगत ती कम्युनिस्टका नेता कार्यकर्ताहरुलाई पनि काम लाग्छ। नेपाली काङ्ग्रेस मानवताको भावले ओतप्रोत पार्टी भएकाले जनताप्रति मानवीय जिम्मेवारी कायम गर्दै बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको हो” उनको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रिय खेलकुद विभागका केन्द्रिय सदस्य किशोर राईको सभापतित्वमा तथा काङ्ग्रेस केन्द्रिय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा  शनिबार धरानमा आयोजित उक्त कार्यक्रममा काङ्ग्रेस प्रदेश नं १ संसदीय दलका नेता एवं सुनसरी जिल्ला सभापति माननीय राजीव कोईराला, काङ्ग्रेस केन्द्रिय खेलकुद विभागका सह-संयोजक मोहन राई, धरान उपमहानगर पालिकाका मेयर तिलक राई लगायतका काङग्रेस नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

उक्त रक्तदान तथा उत्कृष्ट खेलाडी प्रशिक्षक सम्मान कार्यक्र्ममा ७७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रममा कार्यक्रमका सभापती प्रमुख अतिथि विशिष्ट अतिथी अतिथिहरुले नेपाली खेल जगत् का उत्कृष्ट खेलाडी प्रशिक्षक लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

विभागले हाल सम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पुर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा कृतज्ञता व्यक्त गर्नुको साथै रक्तदान कार्यक्रमहरु देशका विभिन्न जिल्लहरुमा स्वास्थ्य मापदण्ड सहित चल्ने भएकोले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिल समेत गरेको छ ।

समाचार वर्गहरू