अबको सात महिनापछि ‘ओली कम्पनी’ भत्किन्छ – रामकुमारी झाँक्री

5

जनकपुर – नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले अबको सात महिनापछि केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) भत्किने दावी गरेकी छन्।

समाजवादी प्रेस संगठनले शनिवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले भत्किएर जाने जिकिर गरिन्।

एमालेलाई ‘ओली कम्पनी’ भन्दै सम्बोधन गरेकी झाँक्रीले अबको सात महिनासम्म सुस्त गतिमा एमाले भत्किने, ८ महिनापछि संघ र प्रदेशको निर्वाचनको प्रक्रिया शुरु हुने र त्यसपछि सामान्य विद्रोह नभई ओली कम्पनीमा पहिरो नै जाने ठोकुवा गरिन्।

उनले आफूहरुले गरेको विद्रोह संविधानको रक्षाको लागि लोकतन्त्रलाई प्रवर्द्धन गर्दै संसद्लाई पूर्ण कार्यकाल सञ्चालन गर्नका निम्ति रहेको धारणा राखिन्।

उनले युवा पुस्तामा एकीकृत समाजवादी पार्टीको बढ्दो आकर्षण रहेको दावी गर्दै यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन भने उनले हाम्रो बाटो किन छेकेको? भनेर प्रश्नसमेत गरिन्।

समाचार वर्गहरू