काठमाडौं – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान निर्णय गरेको छ।
सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरुलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताए।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए।उनले यससँग एमसीसीका विषयमा आफ्नो पार्टीको पोजिसन प्रष्ट भएको बताएका छन् ।