(काठमाडौं) – कतार एयरवेज शहिद स्मारक ए डिभिजिन लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । ब्रिगेड र संकटाबीचको पहिलो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा त्रिभुवन आर्मी र च्यासल युथ क्लब भिड्दै छन् । आर्मी र च्यासलबीचको दोस्रो खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । लिगको ६ खेलमा संकटाले २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।
बीबीसी २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ । गत सिजनको लिगमा अप्रत्यासित नतिजा निकालेको संकटा यसपटक सोही प्रर्दशन र नतिजा दोहर्याउन सकेको छैन । संकटा सातौं चरणको खेलमा बिबिसीलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ ।