काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बस्ने

4

काठमाडौँ – नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ३ गते दिउँसो २ बजे बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको हो।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

केन्द्रीय कार्यसम्पादन समितिमा सभापति, पदाधिकारी र शीर्ष नेताहरू हुन्छन्। त्यसमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा उम्मेदवार बनाउने विषयमा छलफल हुने बताइएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

समाचार वर्गहरू