काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले ३५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसदको गरी ३५ मत प्राप्त गरेका हुन् । यस्तै, उनको विपक्षमा एमालेको २२ र तटस्थ राप्रपाको २ मत रहेको छ । संसद्मा ५९ जना सांसदको उपस्थिति रहेको थियो ।
सभामुख कृष्णप्रसाद धितालले पाण्डेले बहुमतले विश्वासको मत प्राप्त गरेको बताए । पाण्डे माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । सत्तारुढ दलबीच मन्त्रालयको भागबन्डामा सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएको स्रोतले जनाएको छ ।