चिसो बढ्दै गएपछि धनगढीमा ४ दिन विद्यालय बन्द

17

धनगढी (रासस) – चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको शिक्षा सरोकारवालाको बैठकपछि उपमहानगरपालिका कार्यालयद्वारा जारी सूचनामा चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अत्यधिक चिसोका कारण विद्यालयका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहेकाले विद्यालयमा सञ्चालनमा रहेको परीक्षालाई प्रभाव नपर्ने गरी यही पुस १५ देखि १८ सम्म विद्यालय बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

झण्डै तीन सातादेखि यस क्षेत्रमा चल्ने गरेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू