काठमाडौं – काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाइन बन्ने भएको छ। शंखरापुर नगरपालिकाको मणिचुडदेखि जर्सिङपौवासम्म दुई हजार ८ सय मिटर लामो जिपलाईन बन्ने भएको हो।
उक्त जीपलाइनको शिलान्यास गर्दै शंखारपुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले मणिचुड धार्मिक तथा जर्सिङपौवा रमणीय क्षेत्र भएकोले धार्मिक तथा अन्य पर्यटकलाई उक्त जिपलाइनले जोडन् सघाउ पुर्याउने बताए।
मणिचुडमा शान्ति पार्क र ६५ फिट अग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको उनको भनाइ छ। त्यस्तै धार्मिक र अन्य रमणीय क्षेत्रलाई जोड्न सडक मार्गको स्तरोन्ती गरिने उनले बताए।
जिपलाइन सो क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने र राजधानीबाट नजिकको तथा नेपालकै उत्कृष्ट रहेको सञ्चालक नविन हुमागाईको दाबी छ। साथै जिपलाइन सो क्षेत्रका नागरिकको आर्थिक स्थितिमा समेत सुधार आउने आपेक्ष गरिएको छ।
उक्त जीपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन हुने सञ्चालकको दाबी छ।