पुष १५ भित्र पहिलो किस्ता लिइसक्न प्राधिकरणको अनुरोध

21

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि यही मंसिर मसान्तभित्र अनुदान सम्झौता गरिसक्न सम्पूर्ण लाभग्राहीलाई अनुरोध गरेको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै निजी आवास पुनर्निर्माण तथा प्रवलीकरणका लाभग्राहीलाई यही मंसिर मसान्तभित्र अनुदान सम्झौता गरिसक्न अनुरोध गरेको हो ।

सम्झौता भईसकेको लाभग्राहीले आगामी पुष १५ गतेभित्र पहिलो किस्ता बापतको अनुदान लिन पनि प्राधिकरणले आग्रह गरेको छ । यस्तै, पहिलो किस्ता लिईसकेको सबै लाभग्राहीले दोस्रो किस्ताका आगामी माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिन प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै, निजी आवास पुनर्निमाण तथा प्रवलीकरणका लागि लाभग्राहीले तेस्रो किस्ताका लिनका लागि २०७८ बैशाख मसान्तभित्र सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिन प्राधिकरणले भनेको छ ।

समाचार वर्गहरू