काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट बहसगर्ने सरकारी वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।
संसद विघटनको रिट सुनुवाइका लागि आइतबार प्रधानन्यायाधीश जबराले गठन गरेको संवैधानिक इजलासका न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भनी प्रधानमन्त्री केपी शर्मा ओली निकटका वकिलले इजलासमै प्रश्न उठाए थिए ।
त्यसपछी राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । उनले इजलासको मर्यादा कायम राख्नुपर्ने भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहितका कानुन व्यवसायीले अहिलेको इजलासमा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी निवेदन दर्ता गरेका थिए ।
‘इजलासप्रतिको विश्वास तपाईहरुको कर्तब्य हो । अहिले जुन निवेदन राख्नुभयाे, यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन । यो निवेदन फिर्ता लानुस् अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु । राणाले सोधे- दर्ता गर्ने कि परिणाम भाेग्ने?’ उनले सोधे ।