प्रहरीले महरालाई आइतबार अदालत उपस्थित गराउने

11

(काठमाडौं) –  बलात्कार प्रयासमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग काठमाडौ जिल्ला अदालतले शुक्रबार दिनभर बयान लिएको छ । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा शुक्रबार दिनभर महराको बयान भएको थियो ।

कार्यालय समयसम्म बयान नसकिएपछि थुनछेक बहस भने सुरु हुन सकेन । आरोपितसँगको बयानपछि थुनछेक बहस हुन्छ । बिहीबारे अबेर मुद्दा दर्ता भएको र शुक्रबार ढिलासम्म आरोपितसँग बयान लिईएपछि आईतबार मात्रै थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ ।

आरोपितको बयान, उनका कानून ब्यवसायी र सरकारी वकिलको बहस तथा प्राप्त प्रमाणका आधारमा काठमाडौ जिल्ला अदालतले महरालाई साधारण तारेख वा धरौटी वा पूर्वपक्षका लागि कारागार पठाउने आदेश दिनेछ ।

महरालाई प्रहरीले अब भोलि विहान १० बजे अदालत उपस्थित गराउनेछ । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा गत असोज १९ गते काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका हुन् ।

२ दिन हिरासतमा रहेका उनी उपचारका नाममा सो पछि थापाथलिस्थित नर्भिक अस्पतालको क्याविनमा बस्दै आएका छन् । स्वास्थ्यमा समस्या आएपछि चिकित्सकले महरालाई अस्पतालमै भर्ना गर्न भनेका थिए । सोही अनुरुप महरा प्रहरी सुरक्षाकाबीच अस्पतालमा उपचाररत छन् ।

आरोपमाथि महराले इन्कारी बयान दिएका छन् । काठमाडौ जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा उनले सरकारी वकिलको कार्यालयमा दिएको बयान पुन: दोहोर्‍याएका हुन् । उनले आफू पीडित महिलाको घर नजिक गएको तर कोठमा भने नपसेको दाबी गदै आएका छन् ।

समाचार वर्गहरू