काठमाडौं – छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ९ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दैनिक रुपमा थपिएका संक्रमितको संख्या मध्ये यो हालसम्म कै उच्च संख्या हो ।
भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ कोरोना संक्रमितको मुल संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण त्यहाँ ३ सय ७९ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुक्रबार बिहान ११ बजेसम्म १८ हजार २ सय १३ पुगेको छ ।
भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको संख्या १ लाख ८६ सय ६ सय २६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महाराष्ट्रमा कोरोनाका कारण ८ हजार १ सय ७८ जनाको मृत्यु भईसकेको छ । महाराष्ट्रपछि कोरोनाको महामारीबाट दोस्रो बढी प्रभावित तामिलनाडू रहेको छ ।
तामिलनाडूमा कोरोना संक्रमितको संख्या ९८ हजार ३ सय ९२ पुगेको छ भने १ हजार ३ सय २१ जनाको मृत्यु भईसकेको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा पनि कोरोना संक्रमितको संख्या ९२ हजार १ सय ७५ पुगेको छ भने २ हजार ८ सय ६४ जनाको मृतयु भएको छ ।
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार जुलाई २ सम्ममा ९२ लाख ९७ हजार ७ सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा बिहीबार मात्रै २४ हजार १ सय ५६ नमूनाको परीक्षण गरिएको थियो ।
20,903 new #COVID19 cases in India in the last 24 hours, as on 3rd July, 2020, 8 AM. Statewise distribution in the map👇🏼#StaySafe #IndiaWillWin
Via @MoHFW_INDIA pic.twitter.com/SFOn4a44mS
— #IndiaFightsCorona (@COVIDNewsByMIB) July 3, 2020